अमेरिकन फिल्ममा स्वस्तिमासँगै केकी

फिल्म । अभिनेत्री स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा काम गर्ने खबर बाहिरीएसँगै त्यसमा अर्को एक नेपाली अभिनेत्री पनि हुने भनिएको थियो । स्वस्तिमाको खबर आएको केहि दिनमै अर्की अभिनेत्री केकी अधिकारी रहेको खुलेको छ । नाम सार्वजनिक नगरिएको अमेरिकी फिल्मका लागि उनीहरू आधिकारिक रूपमा अनुबन्धित भइसकेका छन् । लकडाउन सुरु हुनुभन्दा अघि नै अडिसनमार्फत उनीहरूलाई छनोट गरिएको थियो । केही समयअगाडि नेपाल आएको फिल्मको टिमले स्वस्तिमा र केकीलाई आधिकारिक रुपमा अनुबन्धित पनि गरिसकेको छ ।

फिल्मको मुख्य भूमिकामा स्वस्तिमा हुनेछिन् भने उनकी दिदीको भूमिकामा केकी रहने बताइएको छ । यी दुईबाहेक अन्य कलाकार भने अमेरिकी नै हुने भनिएको छ । कोरोना त्रास सकिएपछि यसको छायांकन सुरु गरिने बताइएको छ । फिल्मको छायांकन अमेरिकाका विभिन्न स्थानमा हुनेछ । भुटानी शरणार्थीको विषयमा बन्न लागेको फिल्म अमेरिकी निर्माताले बनाउन लागेका हुन् । यो फिल्म भुटानी शरणर्थीको जीवन गाथामा आधारित हुनेछ। स्वस्तिमा र केकीले एक साथ अभिनय गरेको फिल्म नाईं नभन्नू ल– ५ भएको थियो ।

कमेन्ट गर्नुहोस्