फिल्म । नेपाली फिल्म ‘हामी तीन भाइ’ को मार्मिक लिरिकल गीत ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ सार्वजनिक गरिएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण टिमले उक्त गीत रिलिज गरेको हो । गीतमा बाबुल गिरीको स्वर र संगीत रहेको छ । गीतले पात्रको दुःख, पीडा र संघर्षको कथा व्यक्त गर्छ ।
मधुसुदन भट्टराई निर्देशित फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायत कलाकारको अभिनय रहेको छ ।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् । सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन् ।
साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालले छायांकन गरेको फिल्मको सम्पादन बनिश शाहले गरेका छन् । संगीत साप शक्ति र बाबुल गिरीले भरेका छन् भने नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जनले गरेका छन् ।
पार्श्वसंगीत सम्राट थापा, ध्वनि मिश्रण मुकेश शाह, रंग संयोजन रेनिश फागोको रहेको छ । द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् भने कला निर्देशन दिनेश लामा ‘गैंडा’ले गरेका छन् ।










