विशेष शोमा रुचाईयो ‘मनसरा’

फिल्म । प्रदर्शनरत फिल्म ‘मनसरा’ दोस्रो साता प्रवेशको पूर्वसन्ध्यामा बिहीबार बिशेष शोको आयोजना गरिएको छ । आयोजित शोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली महिला फुटबल टिम, नेपाल प्रहरीमा उच्च पदस्थ कर्मचारी, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री रेजीना उप्रेती, लुनिभा तुलाधर, पूर्वमिस नेपाल उषा खड्गी लगायतका सहभागी थिए ।

राप्रपा अध्यक्ष लिङदेनले फिल्म हेरेपछि तारिफ गरे । उनले भने,‘नेपालको जुन जातिय र सांस्कृतिक विभिदता छ, त्यसलाई एउटा फिल्ममा जोड्ने कोसिश निर्देशकले गर्नु भएको छ । समाजको एउटा तहको राम्रोसँग प्रतिनिधित्व गरेको छ । भविष्यमा समाजमा कुन प्रकारका जातिय, सांस्कृतिक अनि हाम्रो चाहिने प्रचलनहरु थिए भन्ने कुरा समेत मनसराले बुझाउन मदत गरेको छ ।’

गायक तथा अभिनेता प्रकाश सपुतले एउटा राम्रो किताब पढे जस्तो लागेको अनुभव सेयर गरे । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्ममा दयाहाङ, मिरुना मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । यसमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् ।

कमेन्ट गर्नुहोस्