संगीत । वरिष्ठ गायक प्रेमध्वज प्रधानको ८७ औैं जन्म जयन्तीको अवसरमा नेपाली सुगम संगीत क्षेत्रमा अमूल्य योगदान पुर्याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन् ।
स्वर्गीय गायक प्रधानका छोरा प्रसन्नध्वज प्रधानका अनुसार ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले जेठ २७ गते एक समारोहको आयोजना गर्दै प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय संगीत सम्मानद्वारा गीतकार किरण खरेल, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारवादक तारावीरसिंह तुलाधर र प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संगीत पुरस्कार गायिका मिलन नेवारलाई प्रदान गरिने छ ।
‘हामी निरन्तररुपमा सम्मान तथा पुरस्कार दिने छौँ । बुवाको सपनानै संगीतमा पनि पर्दा पछाडी रहनेलाई सम्मन र सहयोग गर्ने थियो । त्यसैको सुरुआत गर्दैछौँ’, उनले भने ।
कमेन्ट गर्नुहोस्