वर्ष २०१८ का सफल फिल्महरु

बलिउड । बलिउडले सन् २०१८ मा धेरै हिट फिल्म पाइसकेको छ । यसवर्ष आश गरिएको सलमान खानको फिल्म ‘रेस ३’ असफल भयो भने आयुष्मान खुराना र राज कुमार रावको फिल्मले बलिउड बक्स अफिसमा सय करोड क्लबमा आफुलाई प्रवेश गराउन सफल रह्यो । बलिउडको बिग फिल्महरु ठ्ग्स अफ हिन्दोस्तान , २.० , जिरो , सिम्बा लगायतका फिल्म प्रदर्शन हुनेबाकि छन् तर यसवर्ष प्रदर्शनमा आएका झन्डै १५ फिल्मले आफुलाई बलिउड बक्स अफिसमा हिट बनाइसकेका छन् । आउनुस , यसवर्ष हिट भएका फिल्मको बारेमा चर्चा गरौ ।

स्त्री : यसवर्ष प्रदर्शनमा आएको फिल्ममा सबै भन्दा बढी प्रोफिट कमाउने फिल्ममा पर्छ , स्त्री । प्रोफिटको प्रतिशत निकै बढी छ , यसफिल्मको । २३ करोडको आसपासमा निर्माण भएको फिल्मले बलिउड बक्सअफिसमा १ सय ७४ करोड बराबरको लाइफटाइम कलेक्सन गर्न सफल भएको थियो । अमर कौसिकको निर्देशनमा तयार भएको फिल्ममा राजकुमार राव र श्रद्धा कपूरको अभिनय रहेको थियो । यसलाई समिक्षक मात्र होइन , दर्शकले पनि उत्तिकै रुचाएका थिए ।

सोनुके टिटुकी स्विटी : यसैवर्ष प्रदर्शनमा आएको यसफिल्मलाई पनि दर्शकले रुचाएका ।फिल्ममा मित्रता कथालाई पेश गरिएको थियो । लभ रंजनको निर्देशनमा तयार फिल्ममा कार्तिक आर्यन , नुश्रत वारुचा र सन्नी निजारको अभिनय रहेको थियो । ३० करोडको बजेटमा तयार भएको फिल्मले लाइफ टाइम कलेक्सन १ सय ४८ करोड कलेक्सन गर्न सफल भएको थियो । फिल्मलाई प्यारका पन्चनामा सिरिज निर्देशक लभले निर्देशन गरेकाले नै हाइप पाउन सफल भएको हो ।

सन्जु : बलिउडका पर्फेक्ट निर्देशक र इडिटर राजकुमार हिरानी निर्देशित फिल्म ‘सन्जु’ ले सर्वत्र चर्चा पायो । अभिनेता संजय दत्तको बायोपीक फिल्ममा उनको भूमिकालाई रनबिर कपुरले निर्वाह गरेका थिए । रनबिरले आफुलाई संजय देखाउन कुनै कसर बाकी राखेनन् । राजकुमार हिरानीको निर्देशन भएकैले फिल्मले हाइप आउदै आएको थियो भने यसलाई दर्शकले पनि उत्तिकै रुचाएका थिए । सय करोडमा बनेको फिल्मले ५ सय ८० करोड बराबरको कलेक्सन गर्न सफल भएको थियो । फिल्ममा रनबिरसँगै परेश रावल , विकि कौशल , अनुष्का शर्मा , सोनाम कपुर लगायतको अभिनय रहेको थियो ।

राजी : स्पाइ स्टोरी राजीले पनि बलिउड बक्स अफिसमा आफुलाई सफल बनाएको थियो । आलिया भट्ट अभिनित फिल्मलाई दर्शक र समिक्षकले रुचाएका थिए । फिल्ममा विकि कौशल र राम कटराको पनि अभिनय रहेको थियो । मेघना गुल्जारको निर्देशनमा तयार भएको फिल्मको बजेट ३५ करोड रहेको थियो भने यसले बक्स अफिसमा १ सय ९५ करोड बराबरको कलेक्सन गर्न सफल भएको थियो ।

बधाई हो : बलिउडमा रिलिज भएको पछिल्लो फिल्म ‘बधाई हो’ ले सफलता हात परेको छ । अमित रविन्द्रनाथ शर्माको निर्देशनमा तयार भएको फिल्ममा बुढेसकालमा बच्चा पाउदाको कथालाई देखाइएको छ । फिल्ममा आयुष्मान खुरना , नीना गुप्ता , गजराज राव , सुरेका सिकरी , सान्या मलहोत्रा लगायतको अभिनय रहेको छ । फिल्म ३० करोडको आसपासमा तयार भएको थियो भने यसले १ सय ५५ करोड बराबरको कलेक्सन गरिसकेको छ ।

अन्धाधुन : आयुष्मान खुरनाकै अभिनय रहेको यस फिल्मलाई पनि दर्शकले रुचाए । सस्पेन्स र थ्रिलले भरिपूर्ण फिल्ममा आयुष्मानसँगै तब्बु , राधिका आप्टे लगायतको अभिनय रहेको छ । श्रीराम राघ्वनको निर्देशनमा तयार भएको फिल्मको बजेट ३२ करोड आसपास रहेको छ भने यसले ९५ करोड बराबरको कलेक्सन बक्स अफिसमा गरिसकेको छ ।

बागी २ : टाइगर श्राफ अभिनित फिल्मले स्ट्न्ड र डान्सकै कारण हाइप पायो । अहमद खानको निर्देशनमा तयार भएको फिल्ममा टाइगरसँगै उनकी गर्लफ्रेन्ड दिशा पटानी पनि देखिएकी थिइन् । फिल्म ६० करोडको आसपासमा निर्माण भएको थियो भने यसले २ सय ५५ करोड बराबरको कलेक्सन गर्न सफल भएको छ ।

हिच्की : रानी मुकर्जी अभिनित फिल्म ‘हिच्की’ ले पनि बलिउड बक्स अफिसमा राम्रो समिक्षा पाउनुको साथै कलेक्सन पनि गरेको थियो । रानीको कमब्याकको रुपमा लिइएको फिल्मलाई सिद्धार्थ पी मलहोत्राले निर्देशन गरेका थिए । फिल्मको लागत बजेट २० करोड रहेको थियो भने यसले ४६ करोड बराबरको कलेक्सन गर्न सफल भएको थियो ।

विरे डी वेडीङ : वुमन फ्रिडमको विषयलाई लिएर निर्माण गरिएको रोमान्टिक ड्रामालाई दर्शकले रुचाएका थिए । शशांक घोषको निर्देशनमा तयार भएको फिल्ममा करीना कपुर , सोनाम कपुर , स्वारा भाष्कर , शिखा तल्सानिया लगायतको अभिनय रहेको थियो । यसको बजेट लागत ३५ करोड रहेको थियो भने यसले ८० करोड बराबरको कलेक्सन गर्न सफल भएको थियो ।

सत्यमेव जयते : जोन अब्राहमको फिल्मलाई दर्शकले रुचाएको थिए । भारतमा बढ्दो भष्ट्राचारको विषयमा निर्माण भएको फिल्ममा जोनको भरपुर एक्सन रहेको थियो । मिलाप मिलन जावेरीको निर्देशनमा तयार भएको फिल्ममा मनोज बाजपेयी , अमृता , आइसा लगायतको अभिनय रहेको थियो । फिल्म ५० करोडको लागतमा निर्माण भएको थियो भने यसले आफुलाई सय करोड क्लबमा प्रवेश गराउन सफल भएको थियो ।

यसै वर्ष प्रदर्शनमा आएको जोनकै फिल्म परमाणु : स्टोरी अफ पोखरण , अक्षय कुमारको प्याडम्यान , अनुष्का शर्मा र वरुण धवनको सुइ धागा , अजय देवगनको रेड , इशान खट्टर र जान्ह्वी कपुरको धड़क र संजयलीला भन्सालीको पद्मावतले पनि मुनाफा कमाउन सफल भएको थियो ।

कमेन्ट गर्नुहोस्