‘प्रकाश’ प्याकअप

0 Shares

फिल्म । जुम्लामा छायांकनरत फिल्म ‘प्रकाश’ को छायांकन सकिएको छ । दिनेश राउतको निर्देशनमा तयार भइरहेको फिल्मको छायांकन ४२ दिनमा सकिएको हो । कोरोना भाइरसको दोस्रो लहरले देशमा प्रभाव परिरहदा फिल्म ‘प्रकाश’ युनिट छायांकन सकिएसँगै काठमान्डौ फर्किने तयारीमा छ । फिल्ममा शिर्ष भूमिकामा प्रदीप खड्का छन् । प्रेमको उपनामले समेत परिचित प्रदीपले आफुले निर्वाह गरिरहेको भन्दा फरक भूमिका यसमा निर्वाह गरेका छन् ।

प्रदीपको को-स्टार फिल्ममा रेनु योगी छिन् । क्यारेक्टरलाई न्याय गर्ने अभिनेत्री चाहिएकोले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी रेनुलाइ कास्ट गरिएको निर्देशक राउतले जनाए । फिल्म मार्फत निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा देखाइने छ । फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । राजेश श्रेष्ठले खिचेको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्मका गीतमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ ।

कमेन्ट गर्नुहोस्