फिल्म । नेपाली फिल्मनगरीमा ‘पिंजडा’ मार्फत प्रवेश गरेका निखिल उप्रेतीले आफुलाई एक्सन किङको रुपमा स्थापित गरेका थिए । डेब्यु फिल्ममै सात तल्ले भवनबाट हाम फालेर चर्चामा आएका निखिलले त्यसपछिका फिल्ममा पनि स्टनडलाई निरन्तरता दिए । निखिल फिल्म भनेसी नयाँ एक्सन हेर्न पाइन्छ भन्ने दर्शकको मनमा पर्थ्यो । त्यसै अनुरुप निखिलले सफलता पाउँदै गए ।
एकै दिनमा तिन फिल्मसम्मको छायाँकन उनले गरेका छन् । निकै मेहनतपछी फिल्ममा आएका निखिलले आफ्नो उपस्थिति कुनै निर्माता सेफ हुन्छ भने किन नदेखिने भनेर फिल्म गर्ने गरेको बताउदै आएका छन् । ‘मैले आफ्नो लागि भन्दा पनि नेपाली फिल्म र निर्माताको लागि त्यत्रो फिल्म गरे । यसको रिजल्ट कहिले सोचिन् र त्यो फुर्सद पनि थिएन । काम आउदै गयो र मैले गर्दै गए’ निखिलले भने ।
उनले आफैले ‘सावधान’ फिल्म निर्माण पनि गरेका थिए । जसमा उनले ज्याकी च्यानको एक्सन शैलीलाई प्रस्तुत गरेका थिए भने बेरोजगार शिक्षित युवाको कथालाई पर्दामा भनेका थिए । आफ्नो युगको एक्सन स्टार भनेर चिनिएका निखिल केहि समय ग्याप राखेर ‘भैरव’ फिल्म मार्फत निर्देशन बनेर कमब्याक गरेका थिए ।
निखिल पछिल्लो समय फिल्म मार्फत नेपालकै कथालाइ भन्ने सोचमा छन् । ‘आयो भैरव’ फिल्म निर्माण तथा निर्देशनको तयारीमा रहेका निखिलले केहि समय यता स्क्रिप्टमा मेहनत गरिरहेका छन् । पर्दामा निखिल आउने वित्तिकै दर्शक एक्सनकै अपेक्षा बढी गर्ने दर्शकलाई उनि समाजकै कथा भन्ने तयारीमा रहेका छन् । यिनै निखिलको आज जन्मदिन परेको छ । गत चैत्र ११ देखि कोरोना भाइरस (कोभिड १९) को कारण नेपालमा लकडाउन छ । काठमान्डौमा रहेका निखिलले परिवारसँग जन्मदिन मनाउदैछन् । उनलाई जयहोस्को तर्फबाट जन्मदिनको शुभकामना ।










