‘साहो’ सेटबाट आउट भयो प्रभासको तस्वीर !

पछिल्लो समय ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभास अभिनित नेक्स्ट फिल्म ‘साहो’ को सेटबाट केहि तस्वीर सार्वजनिक भएको छ । निकै समय दिएर छायाँकन भईरहेको फिल्मको प्रभास लुक्स सार्वजनिक भएको छ भने उनि एक्सन मुडमा छन् । मोटरबाइकमा उनि एक्सन गरिरहेको अनुमान तस्वीर मार्फत लगाउन सकिन्छ ।

स्पाइ थ्रिलर फिल्मको छायाँकन यतिबेला दुवईमा भईरहेको छ । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरिरहेका छन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । प्रभास भएकै कारण फिल्म प्रतिक्षित बनिरहेको छ भने यसमा श्रद्धा कपूर पनि छिन ।

सुजीथको निर्देशनमा तयार भईरहेको फिल्म सन् २०१८ को दिपावली या क्रिसमसमा रिलिज हुने सक्ने केहि भारतीय मिडियाले अनुमान लगाएका थिए तर यस फिल्मको पनि भीएफएक्सको कार्य पुरा नहुने भन्दै निर्माताले फिल्मलाई आउदो वर्ष सन् २०१९ को जनवरीमा रिलिज गर्ने मनसाय बनाएको खबर केहि भारतीय मिडियामा छ । यो फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ । यसैले गर्दा पनि फिल्मको चर्चा बढ्दो छ । एजेन्सी

Latest from the sets of #Saaho! #Prabhas #ShraddhaKapoor

A post shared by FILMS AND FACTS (@filmsandfacts) on

कमेन्ट गर्नुहोस्