‘ह्रस्व दीर्घ’ मा नीता

फिल्म । अभिनेत्री नीता ढुंगाना अभिनित तथा निर्मित फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ-आफ्नो चरित्रमा देख्न सकिन्छ ।

असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय नेपाली फिल्म हो । उनले यसअघि केही भोजपुरी फिल्मको निर्देशन गरीसकेका छन् । निर्देशक पन्त द्धन्द्व निर्देशकको रुपमा स्थापित थिए ।

नेपाली र दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं भारतीय फिल्म खिचेका छन् । यसमा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र भारतीय शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्