स्टेजमा बढ्यो कर्णको व्यस्तता

संगीत । पछिल्लो समय रियालिटी शोमार्फत नवप्रवेशीले आफ्नो प्रतिभालाई सहजै दर्शकसमक्ष पुर्‍याउने गरेका छन् । यस्तै, एक उदाहरण हुन् कर्णराज गिरी । संगीतमा आफ्नो भविष्य बनाउन मिहिनेत गरिरहेका कर्णलाई पछिल्लो समय ‘द भ्वाइस अफ नेपाल’ गायन रियालिटी शोले पहिचान दिलाएको छ । टप टेनसम्म यात्रा तय गरेका कर्णले आफूले प्रस्तुत गरेको गीतहरूमार्फत दर्शकको मन जित्न सफल भएका छन । संगीतमा अब्बल रहेता पनि उचित प्लेटफर्मको खोजीमा रहेका कर्णको प्रतिभालाई चिनाउने अवसर रियालिटी शोले दियो ।

आफुमा भएको प्रतिभालाई दर्शकसम्म पुर्याउन पाएपछि कर्ण दंग छन् । प्रतियोगिता नाजितेता पनि दर्शकको मन उनले जितेका छन् । त्यसैले पछिल्लो समय भईरहेको स्टेज कार्यक्रमहरूमा उनको उपस्थिति बाक्लिन थालेको छ । ‘दर्शकको माया पाएको छु । यसमा निकै खुशी छु । त्यो माया नघटाइ बढाउने प्रयाशमा छु , हरेक समय’ कर्णले भने । नेपालभर भईरहेको स्टेज कार्यक्रम र महोत्सवमा अधिकांस स्थानमा उनलाई निम्ता गरिन्छ ।

‘संगीतमै मैले आफ्नो भविष्य देखेको छु । त्यहिँ अनुरुप म अगाडी बढिरहेको छ । सफलता र असफलता त जिन्दगिमा छदैछ’ उनले भने । स्कुले जीवन देखि नै संगीतमा आफ्नो भविष्य खोजिरहेका कर्णलाई पछिल्लो समय उर्जा मिलेको छ । गीतसंगीतले नै आफुलाई पहिचान दिएको बताउने कर्ण स्टेज कार्यक्रम र महोत्सवले श्रोताको टेस्ट बुझ्न मदत गर्ने बताउछन् । ‘हामीले तयार गरेको गीतसंगीतमा दर्शकको प्रतिक्रिया स्टेज कार्यक्रमले प्रस्ट्याउछ’ उनि भन्छन् ,’मैले धेरै कुराहरु दर्शक मार्फत सिकिरहेको छु ।’ नयाँ गीतसंगीतको तयारीमा समेत रहेका कर्णले केहि समय अगाडी आफ्नो आमालाई समर्पित गर्दै ‘आमा’बोलको गीत समेत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्