भुवनलाई ‘लाइफटाइम एचिभमेन्ट सम्मान’

सङ्गीत । चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को ग्रान्ड फिनाले समारोहमा नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्द ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड –२०८१’ बाट सम्मानित भएकी छन् । सोमबार साँझ काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० हजार १० रुपैयाँसहित अभिनेत्री चन्दलाई सो सम्मान प्रदान गरे ।

सोही समारोहमा ५ हजार ५५५ रुपैयाँसहित अग्रज पत्रकार सानुकाजी श्रेष्ठ ‘क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१’ बाट पुरस्कृत भए । समारोहमा नाट्यकर्मी वीरेन्द्र हमाल, गायिका सत्यकला राई, साउन्ड रेकर्डिस्ट संजय श्रेष्ठ, चलचित्र निर्माता विनोद गुरुङ, चरित्र अभिनेत्री मञ्जु श्रेष्ठ, समाजसेवी डिल्ली माया गुरुङ, नृत्य निर्देशक शङ्कर बि.सी., शिव विक, समाजसेवी शान्ति सुनार (राज शान्ति), मनु थुक्लुङ पनि सम्मानित भए । यस्तै, रमेश श्रेष्ठ, देवेन्द्र नेम्वाङ, पूर्ण सेलिङ लिम्बु, समाजसेवी शनी लिम्बु, निर्माता ध्रुव न्यौपाने, कलाकार मनु थुक्लुङ, गायकहरू हिमाल श्रेष्ठ, नेत्रजी पन्त, हुम गैरे र कमल विरही थापा पनि सम्मानित भए ।

उक्त अवार्डको निर्णायकमा निर्देशक सुचित्रा श्रेष्ठ, गायक डेभिड शंकर, गायिका जुनु रिजाल काफ्ले, संगीतकार हर्कुलेस बस्नेत, हास्य अभिनेता शेरबहादुर गुरुङ र बीजेन्द्र नौबागे रहेका थिए । विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुतिसहितको यो अवार्डका आयोजक एवम् निर्देशक उमेश गुरुङले नेपाली फिल्म र गीत संगीतको प्रवर्धनका लागि क्वालिटी फिल्म्सले चार वर्षदेखि यो अवार्ड गर्दै आएको कार्यक्रममा बताए ।

सर्वोत्कृष्ट गायक हेमन्त शिशिर (तिम्रो माया बम गोला) डायस्पोरा गायक: धन किरण गुरुङ (मायाको सिमाना) गीतकार: विदुरराज गिरी (ब्याथा) संगीतकार: पल घले (ओ माया) म्युजिक भिडियो निर्देशक: मिलन श्रेष्ठ (नुवाकोटे यो झिल्के) पुरुष मोडल: दिक्पाल कार्की (चुपचाप) महिला मोडल: रिना गुरुङ (जुनेली) गाउँ प्रवर्धन गीत: लकु फोरी गाउँ प्रवर्धन गीत (जुरी अवार्ड): भुमलीचोक गाउँ गीत सर्वोत्कृष्ट लोकगीत गायिका: सरिता भारती (नगर दोमन) लोक–पप गायक: रुद्र शर्मा (के होला भोलि) सर्वोत्कृष्ट निर्देशक: दिलीप फुरुम्बो (लिम्बु चलचित्र सेमेवा) अभिनेता: रुद्र पाहिम (सेमेवा चलचित्र) अभिनेत्री: आकृति गुरुङ (गुरुङ चलचित्र ह्रोसै ङ्हो) चरित्र अभिनेत्री: पवित्र तेम्बे (सुगुप) टेलिचलचित्र चरित्र अभिनेत्री: रश्मी पाण्डे (सक्किगोनी) गीतकार: ओम छिनाल (दमौलीमा झर) दोहोरी गीत गायक: मौसम गुरुङ (दमौलीमा झर) गायिका: पूजा पेरियार (पुरानो दौतारी) गायिका (जुरी अवार्ड): कालिका रोका (देउरलीमा फूलपाती) नव गायिका: बिमा सारू मगर (गण्डकीको तीर) म्युजिक भिडियो महिला मोडल: कमला बि.सी. (समय) पुरुष मोडल: लोमश शर्मा (गोर्खे खुकुरी) कौडा तथा मौलिक गीत गायक: शुक्र तामाङ (सानकान्छी) सुनिल परियार (पुरानो दौतारी) सुरत प्रधान (मायाको सिमाना) म्युजिक भिडियो आदिवासी महिला मोडल: मिरा फियाक (मिम्जिरे मिक्टोक) लिम्बु गीतकार: सञ्च माया लिम्बु (मेन्छायम पालम) लिम्बु गीत गायक: अमर योङहाङ लिम्बु (मिम्जिरे तराङ २) गायक (जुरी अवार्ड): विवश नेम्वाङ (मिम्जिरे मिक्टोक) लिम्बु गीत गायिका: दुर्गा कुमारी लिम्बु (चौबेस्मा मेछिन) आदिवासी गीत गायिका (जुरी अवार्ड): कर्मिला शेर्मा (तुखेसो पन्हा) लिम्बु गीत गायिका (पब्लिक च्वाइस अवार्ड): पदम कुमारी फियाक (तमके हाकपारे) लिम्बु गीत पुरुष मोडल: सुरेन सिसिर केरुङ (नारागेन चैत) लिम्बु गीत पुरुष मोडल (जुरी अवार्ड): महेन्द्र कुमार लिम्बु (मेन्छायम पालम) म्युजिक भिडियो चरित्र अभिनेता: टसी गुरुङ (ओ माया) चरित्र अभिनेत्री: बिमला इवारम (हङकङ चाईन –३) नेपाल भाषा गीत गायिका: गंगादेवी महर्जन (कटनमारिया रुप छांगु)

कमेन्ट गर्नुहोस्