फिल्म । बलिउडका दादा अर्थात मिथुन चक्रवर्तीका कान्छा छोरा नमाशी चक्रवर्तीले बलिउडमा डेब्यु गर्ने भएका छन् । उनले पछिल्लो समय कन्टेन फिल्म मार्फत दर्शकको मन जित्दै अगाडी बढिरहेका अभिनेता आयुष्मान खुरानाको फिल्म मार्फत डेब्यु गर्दैछन् । फिल्ममा नमाशी र आयुष्मानको रोल प्यारलल हुने खबर भारतीय मिडियामा छ ।
मिथुनका जेठा छोरा मिमोहले ‘हन्टेड’ फिल्म मार्फत बलिउडमा डेब्यु गरेका थिए तर सफल हुन् सकेनन् । यतिबेला नमाशी भने रम-कम जनरको फिल्म मार्फत दर्शक माँझ आउंदैछन् । फिल्म छायाँकन समेत सुरु भइसकेको छ । फिल्मलाई अनभव सिन्हाले निर्देशन गरिरहेका छन् , जसको नाम ‘आर्टिकल १५’ राखिएको छ । फिल्ममा आयुष्मान पुलिस अफिसरको भूमिकामा छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










