फिल्म । नेपाली बजारमा यो वर्ष २०८१ मा दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ सर्वाधिक व्यापार गर्ने विदेशी फिल्म बनेको छ । अल्लु अर्जुन अभिनित यो फिल्मले नेपालमा २६ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा छ । ८ लाख ४४ हजार टिकट बिक्री हुँदा उक्त कमाइ भएको हो ।
२०८१ सालमा कूल ८३ विदेशी फिल्म नेपालमा रिलिज भएका थिए । जसमध्ये केही फिल्मले वितरकलाई राम्रो मुनाफा दिएका छन् । बक्सअफिसको तथ्यांकअनुसार ‘कल्की २८९८ एडी’ ले रु १२ करोड ५७ लाख, ‘स्त्री २’ ले रु ८ करोड ११ लाख, ‘सिंघम अगेन’ ले रु ४ करोड ९४ लाख, ‘भुलभुलैया ३’ ले रु ४ करोड ७२ लाख, ‘सिकन्दर’ ले रु २ करोड ९० लाख (प्रदर्शनरत), ‘डेडपुल एण्ड वुल्भरिन’ ले रु २ करोड ७१ लाख, ‘छावा’ ले रु २ करोड २० लाख, ‘द ग्रेटेस्ट अफ अल टाइम (गोट)’ ले रु २ करोड २ लाख र ‘देवारा पार्ट वन’ ले रु १ करोड ९७ लाख नेरु ग्रस कलेक्सन गरेको बक्सअफिसमा तथ्यांक छ ।











