फिल्म । शुक्रबारबाट फिल्म ‘मारुनी’ प्रदर्शनरत छ । फिल्म हेरेका अधिकांसले यसलाई राम्रो प्रतिक्रिया दिएका छन् । नवल नेपाल निर्देशित फिल्म भावनात्मक रहेको प्रतिक्रिया प्राप्त छ । पहिलो दिन फिल्म हेर्ने क्रममा अभिनेता भुवन केसी र अनमोल केसी पनि पुगे ।
उनिहरुले रात्रीकालिन शो हेरका थिए । अनमोलले फिल्मलाई रुचाएका छन् । उनले फिल्म हेर्दै गर्दा आफुलाई भावनात्मक बनाएको समेत बताएको बुझिएको छ । यसैगरी उनका पिता सदाबहार नायक भुवन केसीलले पनि फिल्म दर्शकको रुची अनुसार बनेको प्रतिक्रिया दिए । फिल्म हेरेपछि उनले प्रतिक्रिया दिदै भने ‘फिल्मले एउटा गहन विषयलाई उठान गरेको छ नै हलमा पुगेका दर्शकलाई होल्ड पनि गर्छ ।’

पुनम गौतमको लगानी रहेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह-निर्मातामा छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । रेविका गुरुङ, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
तस्वीर सौजन्य : सुजन श्रेष्ठ