मिस्टर नेपालीको नयाँ गीत ‘डंका पिट्यो’ (भिडियो)

फिल्म । कार्तिक २९ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘डंका पिट्यो’ बोलको गीतमा उत्सवको भाव देखाइएको छ । गीतमा निर्देशक देव भुषालको शब्द , दीपक शर्माको संगीत रहेको छ भने यसमा डेविड शंकरको स्वर रहेको छ । गीतलाई कविराज गहतराजले सम्पादन गरेका छन् ।

प्रेमराज दाहाल निर्मित फिल्ममा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउतको प्रमुख भूमिका छ । साहिल र कुसुमले यही फिल्मबाट डेब्यू गर्दैछन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको ‘मिस्टर नेपाली’ विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित छ । यो फिल्ममा अभिनेता भुवन केसीले पहिलो पटक दोहोरो भूमिका निभाएका छन् ।

कमेन्ट गर्नुहोस्