नोभेम्बरमा ‘लक्ष्मी बम्ब’

फिल्म । कोरोना भाइरसको कारण अहिले विश्वअधिकांस देशमा भिडभाड हुने माध्यमलाई रोकिएको छ । यसले मनोरंजन क्षेत्र पनि उत्तिकै मारमा परेको छ । चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ । यसैले गर्दा हलिउड तथा बलिउडका ठुला फिल्महरुले रिलिज रोकिरहेका छन् । तर , केहि समय यता बलिउडका केहि फिल्महरु ओटीटि प्लेटफर्ममा रिलिज भईरहेको छ । जसमा अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी बम्ब’ पनि लिस्टेड छ ।

अक्षय अभिनित फिल्म रिलिज तय भएको छ । फिल्मलाई आईपीएल सकिएपछी रिलिज गर्ने तयारी डिज्ने प्लस हटस्टारले गरेको छ । भारतमा क्रिकेट र त्यसमा पनि आईपीएलको क्रेज राम्रो भएकोले फिल्मलाई पछाडी सारिएको हो । फिल्मलाई दर्शकले नोभेम्बर ९ मा हेर्न पाउनेछन् । राघव लोरेन्सको निर्देशनमा तयार हरर कमेडी फिल्म ‘लक्ष्मी बम्ब’ मा अक्षयसँगै कियारा अडवाणीको अभिनय रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्