शिवानीसँग विवाह गर्दैछन् फरहान ?

166 Shares

बलिउड । पछिल्लो समय बलिउड अभिनेता , निर्देशक तथा गायक फरहान अख्तर चर्चामा छन् । फिल्म ‘पिंक इज स्काई’ फिल्मको छायाँकनमा रहेका फरहानले आफ्नी गर्लफ्रेन्ड शिवानी डान्डेकरसँगको तस्वीर इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । कफी शपको तस्वीरमा फरहान निकै खुसि छन् । बलिउडकी प्लेब्याक सिङ्गर शिवानीसँग रिलेशनमा रहेको फरहानले यस अगाडी नै स्वीकार गरिसकेका छन् ।

गत वर्ष पत्नी अनुधा अख्तरसँग सम्बन्ध बिच्छेद गरेपछी फरहानको नाम श्रद्धा कपूरसँग पनि जोडिएको थियो । यी दुई फिल्म ‘रक अन २’ बाट नजिकिएका थिए । तर त्यसको केहि समयपछी नै फरहानले शिवानीसँगको सम्बन्ध स्वीकार गरे । बि-टाउनको खबरलाई आधार मान्ने हो भने फरहानले शिवानीसँग छिटै लगन गाठो समेत कस्दैछन् ।

 

View this post on Instagram

 

A post shared by Farhan Akhtar (@faroutakhtar) on

Facebook Comments