फिल्म । क्रिसमसलाई लक्षित गर्दै बुधबारदेखि नेपालमा नेपाली भाषाको ‘देववाणी’ र हिन्दी फिल्म ‘बेबी जोन’ प्रदर्शनमा आएको छ । निर्माता तथा निर्देशक एटली कुमारको एक्सन ड्रामा थ्रिलर फिल्म ‘बेबी जोन’ मा वरुण धवन, कीर्ति सुरेश, वामिका गब्बी, ज्याकी श्राफको शीर्ष भूमिका छ । यो फिल्म डीसीपी नामक पात्र वरपर घुम्छ जसले परिवारलाई सुरक्षित राख्न विभिन्न ठाउँहरूमा भ्रमण गर्छ ।
यसका निर्देशक एटलीका सहायक कलीस हुन् । उनले ‘थेरी’ लाई रीमेक गर्नुका साथै केही कथामा बदलाव ल्याएर फिल्म तयार गरेका हुन् । यो फिल्मलाई लिएर फ्यानमा निकै उत्साह छ। जसको मुख्य कारण फिल्ममा सलमान खानको केमियो छ । भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको दृश्यलाई एटली आफैँले निर्देशन गरेका छन् । सलमान र एटलीको ‘केमेष्ट्री’ को झलक यसपटक देख्न पाइने छ ।
नेपाली भाषाको फिल्म ‘देववाणी’ एक्सन ड्रामा जनरामा आधातिर फिल्म हो । यसलाई बाबुसाहेब बलामीले निर्देशन गरेका हुन् । यसमा कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायतको अभिनय छ ।