‘कलंक’ को रिलिज डेट हेरफेर

फिल्म । करण जोहरको निर्माण रहेको फिल्म ‘कलंक’ फस्ट लुक सार्वजनिकसँगै चर्चामा छ । फिल्मको कलाकारको लुक्स सार्वजनिक गर्दै ल्याइएको फस्टलुक मार्फत रिलिज डेट अप्रिल १९ समेत घोषणा गरिएको छ । तर रिलिज डेट घोषणा गरिएको केहि दिनमै निर्माण टिमले हेरफेर गरेको छ । बलिउडका चतुर निर्माता र निर्देशकको ट्याग पाएका करणले फिल्मको डेट २ दिन अगाडी नै ल्याएका छन् ।

अर्थात् फिल्म अब अप्रिल १७ मा रिलिज हुनेछ । अप्रिल १७ मा महावीर जयन्ति रहेकोले उनले डेटमा हेरफेर गरेका हुन् । संजय दत्त , माधुरी दीक्षित , वरुण धवन , आलिया भट्ट , सोनाक्षी सिन्हा, सिद्धार्थ रोय कपूर लगायतका कलाकार अभिनित फिल्मलाइ एक्सन जनरमा राखिएको छ । अभिषेक वर्मनको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाइ पिरियड ड्रामा भनिएको छ । (एजेन्सी)

Facebook Comments