फिल्म । चलचित्र समीक्षक समाज (फिक्सन) ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्ड’को मिति तय भएको छ । समाजले बुधबार विज्ञप्ति जारी गर्दै अवार्ड वितरण समारोह आगामी असार ६ गते (शनिबार) आयोजना हुने जानकारी दिएको हो ।
समाजका अनुसार ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ र ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ संयुक्त रूपमा एकै दिन वितरण गरिनेछ । वर्ष २०८१ र २०८२ मा प्रदर्शन भएका फिल्महरूको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण तथा मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा छनोट गरी विजेताको नाम यसअघि नै सार्वजनिक गरिसकिएको समाजले जनाएको छ ।
अवार्ड कार्यक्रमको मुख्य प्रायोजक महालक्ष्मी चक्की आटा रहेको छ भने सह-प्रायोजकमा अन्नपूर्ण स्पाइकर (किङ्स फ्रेन्चाइज टिम अफ नेपाल भलिबल लिग) र ओएसआर डिजिटल रहेका छन् । अवार्ड आयोजनामा नेपाल फिल्म क्याम्पसको पनि सहकार्य रहेको छ । समाजका अनुसार अवार्ड समारोह काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना गरिनेछ ।
क्रिटिक्स फिल्म अवार्ड २०८१ का विजेताहरू उत्कृष्ट फिल्म : शाम्बाला उत्कृष्ट निर्देशक : मीनबहादुर भाम (शाम्बाला) उत्कृष्ट अभिनेता : दयाहाङ राई (गाउँ आएको बाटो) उत्कृष्ट अभिनेत्री : थिन्ले ल्हामो (शाम्बाला) उत्कृष्ट पटकथा/लेखन : सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार) उत्कृष्ट छायांकन : आलोक शुक्ला (आँखा) उत्कृष्ट सम्पादन : जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज) उत्कृष्ट ध्वनि डिजाइन : किशोर आचार्य (गाउँ आएको बाटो) विशेष उल्लेख (अभिनय) : सुपला सापकोटा (बोक्सीको घर) विशेष उल्लेख (कला निर्देशन) : रोशन दिवाना (पूर्णबहादुरको सारङ्गी)
क्रिटिक्स फिल्म अवार्ड २०८२ का विजेताहरू
उत्कृष्ट फिल्म : ऊनको स्वीटर उत्कृष्ट निर्देशक : नवीन चौहान (ऊनको स्वीटर) उत्कृष्ट अभिनेता : हरिवंश आचार्य (भूठान) उत्कृष्ट अभिनेत्री : आना शर्मा (रमिताको पिरती) उत्कृष्ट पटकथा : नवीन चौहान र सुरज कटुवाल (ऊनको स्वीटर) उत्कृष्ट छायांकन : सुशन प्रजापति (भूठान) उत्कृष्ट सम्पादन : अञ्जय खड्का (भूठान) उत्कृष्ट पाश्र्व संगीत : कोविद बज्र (ऊनको स्वीटर)










