कर्मा र आनाको ‘किच किच माया’ सार्वजनिक (भिडियो)

फिल्म । अन्तर्राष्ट्रिय बजारका लागि निर्माण गरिएको नेपाली फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’को प्रमोसनल गीत ‘किच किच माया’सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको गीतमा फिल्मका दुइ कलाकार कर्मा र आना शर्मा फिचर्ड छन् । यिदुइको प्रेम र झगडालाई गीतमा देखाइएको छ । गीतमा शुजेन्द्र डी कार्कीको शब्द , संगीत र स्वर रहेको छ । गीतलाई सविन शाक्यले कोरियोग्राफ गरेका हुन् भने यसको निर्देशक रेनशा वान्तवा राईले गरेकी हुन् ।

चैत्र १ मा रिलिज हुने फिल्मलाई नेपाल पश्चात् विदेशमा प्रदर्शन गरिने निर्माता नकिम उद्दिनले बताए । सिरिजको रुपमा ल्याउने तयारी भइरहेको यस फिल्ममा जोसे म्यानुअल, आना शर्मा , बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

कार्यक्रममा फिल्मको ट्रेलर र पोस्टरसँगै आकाशै घुमेर बोलको गीत देखाइएको थियो । गीतमा निकिता श्रेष्ठ र जसोन कुँवरको स्वर छ भने गायक कुँवरकै शब्द तथा संगीत सुन्न सकिन्छ । यस फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । नेपाल र अमेरिकामा फिल्म खिचिएको फिल्मको ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

‘नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन उत्साहित छौ’ निर्माता नकिमले भने ‘नेपाली फिल्मले अन्तर्राष्ट्रिय मार्केटमा स्थान पाउनुपर्छ भन्ने सोचका साथ हामी अगाडी बढेका हौ ।’ उनले उक्त फिल्म विदेशका विभिन्न स्टुुडियो र नेटफिलिक्सलाई पनि पठाएको समेत बताए । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।

कमेन्ट गर्नुहोस्