‘नो टाइम टु डाई’ नयाँ डेटमा

0 Shares

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण रिलिज मितिमा हेरफेर गरिरहेको फिल्म जेम्स बोन्डले पुनः डेट परिवर्तन गरेको छ । बोन्ड फ्रेञ्चाइजीको २५ औं फिल्म ‘नो टाइम टु डाइ’ ले नोभेम्बरबाट अप्रिलमा सरेको डेटमा फेरबदल गर्दै अक्टुबरमा पुर्याएको छ ।

फिल्मको नयाँ डेट अक्टुबर ८ लाइ तय भएको छ । ‘नो टाइम टु डाई’लाई विश्वभरका हल सञ्चालकले सञ्जिवनी बुटी मानिरहेको चलचित्र हो । यो फिल्म लाग्दा मात्र आफूहरूको भविष्य सुनिश्चित हुन सक्ने हलले बताउँदै आएका छन् ।

क्यारी जोजी फुकुनागाद्वारा निर्देशित ‘नो टाइम टु डाइ’ मा ड्यानियल क्रेग पाचौँ पटक बोन्डको भूमिकामा छन् । बोन्ड फ्रेञ्चाइजीको ५८ वर्षको अन्तरालमा २४ वटा फिल्म प्रदर्शन भइसकेका छन् । (एजेन्सी )

कमेन्ट गर्नुहोस्