उदय भन्छन् ‘विदेशी फिल्मको व्यापार गरौ , प्रवर्धन होइन्’

फिल्म । पछिल्लो समय नेपालमा हिन्दी फिल्म पनि ५१ औ दिनको सेलिब्रेसन गर्न थालेका छन् । केहि समय अगाडी फिल्म ‘केजिएफ’ ले प्रदर्शनको ५१ औ दिन पार गरेको भन्दै सेलिब्रेसन नै गरिएको थियो । नेपाली फिल्म वितरण हुँदै विदेशी फिल्म वितरक बनेकाले नेपाली फिल्ममा यस्तो चासो देखाउदैनन् । तर , विदेशी फिल्ममा भने स्वत स्फुर्त यस्तो कार्य गरिरहन्छन ।

पछिल्लो समय नेपालमा राम्रो चलेको फिल्ममा पर्छ , कबिर सिंह । यसले पनि केहि हलमा प्रदर्शनको ५१ औ दिन पार गरेको छ । बुझिए अनुसार यसका वितरक स्टेसन फाइभका प्रचण्डमान श्रेष्ठले पनि सेलिब्रेट गरेका छन् । उनीहरुले शनिवार साँझ राजधानी स्थित एटिक रेस्टुरेन्टमा सेलिब्रेसन गरेका हुन् । सस्तोमा ल्याइएको फिल्मले राम्रो व्यपार गरेपछि वितरकहरुको समुहले हल संचालकको साथमा सेलिब्रेसन गरेका हुन् । यस विषयमा चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको भिन्न धारणा छ । वितरक , निर्माता तथा प्रदर्शक समेत रहेक उदयले विदेशी फिल्म व्यवसायको लागि भएको नकी प्रवर्धनको लागि भनेका छन् ।

‘हामीले विदेशी फिल्मबाट व्यापार गर्नु पर्छ तर प्रवर्धन गर्नु भने हुदैन’ उनले भने । उनले नेपाली फिल्मले पछिल्लो समय प्रसस्त सम्भावना देखाइएको पनि बताए । ‘पछिल्लो समय नेपाली फिल्मको व्यापार बढ्दै छ र यो बढ्ने संकेत प्रसस्त देखिएको छ’ उनि थप्छन् ‘यो समय दर्शकमा नेपाली फिल्मको छाप अत्यधिक पार्नु पर्छ र रुचाइ अनुसारको फिल्म दिनु पर्छ ।’

कमेन्ट गर्नुहोस्