फिल्म । पछिल्लो समय नेपाली फिल्ममा लगातार तिन फिल्मलाई ५१ औ दिनमा प्रवेश गराउंदै ह्याट्रिक गर्ने तयारीमा रहेका निर्देशक प्रदीप भट्टराई अब सानो पर्दामा देखिने भएका छन् । केहि समयपछी सुरु हुने कमेडी च्याम्पियनमा निर्देशक भट्टराईले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिने यस कार्यक्रममा निर्देशक भट्टराईसँगै पुराना हास्यकलाकार सन्तोष पन्त पनि निर्णायकको रुपमा रहेका छन् ।
मह सञ्चारमा डेढ दशकको अनुभव संगाल्दै फिल्म जात्रा मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका प्रदीपले दोस्रो फिल्म शत्रु गतेमा आफुलाई बक्स अफिसमा प्रमाणित गरे । तेस्रो फिल्म जात्रै जात्रा मार्फत पनि सफलता हात पारेका प्रदीपको ‘ह्युमर’ को चर्चा हुने गर्छ ।
कमेन्ट गर्नुहोस्










