फिल्म । फिल्म निर्माण कम्पनी वार्नर ब्रोजको ‘अक्वामेन’ सफल फिल्म मध्येको एक हो । सुपरहिरोको फिल्मलाई दर्शकले रुचाएका छन् भने यसको सिक्वेल आउने तयारी समेत भइरहेको छ । पछिल्लो समय यहि सुपरहिरो अक्वामेनको स्टाइलमा तस्बिर खिचेकी छिन् दिशा पटानीले । बलिउडकी फिट एक्ट्रेस तथा ग्लामर गर्ल दिशाले समुन्द्रमा अक्वामेनकै शैलीमा खिचेको तस्बिर सामाजिक सञ्जालमा प्रस्ट्याएकी छिन् ।
उनले तस्बिरमा पनि क्याप्सन शेयर गर्दै ‘अक्वामेन फिल’ भनेर लेखेकी छिन् । बलिउडमा टाइगर श्राफकी गर्लफ्रेन्ड भनेर चिनिएकी दिशाले पछिल्लो समय आफ्नो परिचय बनाइसकेकी छिन् । बोल्ड तस्बिर मार्फत सामाजिक सञ्जालमा आफ्नो अस्तित्व बनाएकी दिशाले सलमान खानसँग अभिनय गरेको फिल्म ‘राधे’ प्रदर्शनको तयारीमा छ ।
कमेन्ट गर्नुहोस्











