ट्विटरमा सामन्थाको विरोध

सिरिज । भारतीय प्रतिक्षित सिरिज मध्येको एक ‘द फ्यामिली म्यान’ को नयाँ शुक्रबार रिलिज हुदैछ । यसको दोस्रो भागको प्रतिक्षा स्पाइ स्टोरी मन पराउने दर्शकले गरिरहेका थिए । गत फेब्रुअरीमै सिरिज रिलिज गर्ने तयारी अमेजन प्राइमले गरेता पनि उक्त समयमा रिलिज हुन् सकेको थिएन । पछिल्लो समय ओटीटी प्लेटफर्ममा बलिउडका ठुला फिल्महरु रिलिज भइरहदा ‘द फ्यामिली म्यान’ पनि आउने पक्का भएको छ ।

राज र डीके निर्देशित सिरिजमा मनोज बाज्पाई, प्रियामणि, शारिब हाशमी र गुल पनागले मुख्य भूमिका निर्वाह गरेका छन् । यसपटक यसमा थपिएकी छिन् , सामन्था । साउथ फिल्मनगरीकी हिरोइनको आगमनले सिरिजलाई प्रतिक्षित बनाएको छ । यद्दपी सिरिजलाई लिएर विवाद पनि भइरहेको छ । सिरिजको पहिलो भागमा भिलेन देखिएका मुसा तामिलनाडुका हुन्छन् ।

उनीहरुको आतंकवादी गतिविधिलाइ यस सिरिजमा सामन्थाले अगाडी बढाउछिन् । ट्रेलरमा यो प्रष्ट देख्न सकिन्छ । यसकारणले गर्दा पनि तामिलनाडुका दर्शकले शेमअनयुसामन्था भन्ने ह्यासट्याग सुरु गरेका छन् । ट्विटरमा यो ह्यासट्याग देखिएपछी निर्माण पक्षले सिरिज हेर्न आग्रह गरेका छन् । निर्माण पक्षले सिरिज हेरेर मुल्यांकन गर्न अनुरोध गरेका छन् । फिल्ममा मनोज स्पाइ एजेन्ट हुन्छन् । उनि टास्कमा काम गर्छन् , यिनै काम र परिवार बीचको कथा सिरिजमा छ ।

यसपटक उनले आफ्नो टास्कको काम छाडेर नयाँ काम सुरु गरेका छन् । अघिल्लो भागमा मुख्य भिलेन मानिएका मुसासंग यस भागमा थपिएकी सामन्थाको कनेक्सन हुने अनुमान लगाउन सकिन्छ । अमेजन प्राइमको सफल सिरिजमा यो पनि लिस्टेड छ । सिरिजलाई जुन ४ बाट हेर्न सकिनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्