फिल्म । युथ सेन्सेसनल अभिनेता कार्तिक आर्यन फिल्म ‘धमाका’ मा देखिदैछन् । उनले फिल्ममा अर्जुन पाठक नामक एक पत्रकारको भूमिका निर्वाह गरेका छन् । यो फिल्म साउथ कोरियाली फिल्म ‘द टेरर लाइफ’ को रीमेक हो । निर्देशक राहुल ढोलकियाले यसपटक चकलेटी ब्वाई कार्तिकलाई केहि फरक देखाउने तयारी थालेका छन् ।
फिल्ममा एउटा धमाका भएपछी रिपोर्टिङ गर्ने पुगेका पत्रकार अर्जुनको भोगाईलाइ देखाईएको छ । फिल्मको छायांकन कार्तिकले १० दिनमै सकेका थिए । इन्डोर त्यो पनि होटेलमा झन्डै ३ सय कास्ट एण्ड क्रिउले फिल्मको काम सकेका हुन् । फिल्म सेप्टेम्बर महिनामा नेटफ्लिक्समा रिलिज हुदैछ । यद्दपी डेट भने तय गरिएको छैन । फिल्मको पोस्ट प्रोडक्सनको काम सकिना साथ् यसको डेट घोषणा गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











