भ्यालेन्टाइनमा ‘बधाई दो’

फिल्म । ‘बधाई हो’ फिल्मको सफलता पश्चात यसका निर्माताले दर्शक सामु ‘बधाई दो’ फिल्म ल्याउने भएका छन् । यद्दपी फिल्ममा ‘बधाई हो’ कलाकारहरु आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्रा छैनन् । ‘बधाई दो’ नयाँ कथामा दर्शकले आउँदो फेब्रुअरी ११ मा हेर्न पाउनेछन् । कोरोना भाइरस महामारीका कारण दिल्लीमा हल बन्द र महाराष्ट्रमा ५० प्रतिशत अकुपेन्सीमा रहेता पनि फिल्म हलमै आउने भएको हो ।

फिल्म ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै निर्माण पक्षले रिलिज गर्ने तयारी गरेको हो । फिल्मको ट्रेलर सार्वजनिक गर्दै रिलिजको घोषणा गरिएको छ । ट्रेलर फिल्मका मुख्य पात्र राजकुमार राव र भूमि पेन्डेकरको वरपर केन्द्रीत छ । राजकुमार र भूमिले यसै फिल्म मार्फत पहिलो पटक पर्दा शेयर गरेका छन् । हर्षवद्र्धन कुलकर्णीले निर्देशित फिल्ममा कमेडी र ड्रामा दर्शकले हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्