किरण भन्छन् ‘फिल्मलाई लिएर दर्शक उत्साहित हुनुहुन्छ’

फिल्म । आउँदो वर्षको वैशाल्ख २० गतेबाट प्रदर्शनमा आउँने तयारीमा रहेको फिल्म ‘दाल भात तरकारी’ मोफसल टुर अन्तर्गत विर्तामोडका दर्शकसंग साक्षात्कार गरेको छ । सोमबार विर्तामोडमा दर्शकको उल्लेख्य उपस्थितीमा कन्सर्ट गरिएको प्रस्तुतकर्ता किरण केसीले बताए । ‘हाम्रो कार्यक्रम प्रति दर्शकले देखाउनु भएको मायाको आभारी छौ’ उनले भने ‘प्रत्यक्ष रुपमा स-परिवार फिल्म हेर्ने आउने निम्ता गरेका छौ ।’ कन्सर्टमा कलाकारहरु हरिवंश आचार्य, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राईसंगै रामचन्द्र काफ्ले र जुनु रिजाल सहभागी छन् ।

रामचन्द्र र जुनुले फिल्मको गीत गाएका थिए भने किरणले पनि विविध प्रस्तुति मार्फत मनोरंजन दिएका थिए । विर्तामोडपछि चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट गर्नेछ । त्यसपछि टिमले काठमाण्डुमा पनि कन्सर्ट गर्दैछ । किरणकै पुत्र सुदन केसीले यसलाई निर्देशन गरेका छन् । यो फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् ।

कमेन्ट गर्नुहोस्