लभरब्वाईकै रुपमा रुचाईए अनमोल

1K Shares

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ लाई दर्शकले रुचाएका छन् । गत फागुन १७ मा फुटवलर अवतारमा प्रस्तुत भएका अनमोल केसीलाई बढी माया लभरब्वाईकै क्यारेक्टरमा मिलेको छ । सानै देखि गायनमा झुकाव राख्ने अनमोलको रकस्टार रुपलाई हेर्न दर्शक हलसम्म पुगेका छन् ।

अनमोल पनि दर्शकलाई धन्यवाद दिन विभिन्न हलमा पुगेका छन् । उनले राजधानी स्थित अष्टनारायण , गोपीकृष्ण लगायतका हलमा पुगेका फिल्म हेर्ने आएका दर्शकलाई धन्यवाद दिए । यसैगरी डेब्यु गर्ल सुहाना थापाले पनि अभिनय मार्फत दर्शकको मन जितिन् । उनलाई दर्शकले सम्भवना बोकेको कलाकारको रुपमा व्यख्या गरेका छन् ।

उनि निर्माता सुनिलकुमार थापा र अभिनेत्री झरना थापाकी छोरी हुन् । झरनाकै निर्देशनमा तयार फिल्ममा सलोन बस्नेत , रेअर राई , अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

यसमामा झरना र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

Facebook Comments