एकसाथ आउँदै जितेन्द्र र जयाप्रदा

टिभी । बलिउडको आइकनिक जोडी जितेन्द्र कपूर र जयाप्रदालाई फेरी दर्शकले एकसाथ् देख्न पाउने भएकाछन् । थानेदार, मजबूर, संजोग, मकसूद लगायतका फिल्ममा देखिएको जोडी मार्फत दर्शकको मन जितेका जोडीलाई झन्डै २४ वर्षपछी टिभीमा देख्न पाइनेछ । ‘सुपर डान्सर च्याप्टर ३’ मा जितेन्द्र र जयाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

सोनी टिभीबाट प्रशारण हुने शोमा १९८० र ९० को दशकको गीतसंगीतमा प्रतियोगीले आफ्नो प्रस्तुति राख्नेछन् । त्यसमध्यबाट उत्कृष्टलाई जितेन्द्र र जयाको जोडीले छान्नेछन् । जयाले आफुलाई खुसि लागेको प्रतिक्रिया दिएकी छिन । ‘म सुपर डान्सरमा निर्णायक बन्न पाउदा निकै खुसि छु’ उनले मिडियालाई प्रतिक्रिया दिदै भनिन् ‘यतिबेला राम्रा राम्रा प्रतिभा आइरहेका छन् , उनलाई हौसला दिन पाउदा निकै खुसि लाग्नेछ ।’ जया झैँ जितेन्द्र पनि निकै उत्साहित छन् । ‘हामी एकसाथ टिभीमा आउदैछौ , निकै उत्साहित छु’ उनले भने ‘राम्रा प्रतिभालाई हामी सकेको न्याय दिनेछौ ।’

कमेन्ट गर्नुहोस्