‘गरुड पुराण’ मा कर्माको दुई रुप

फिल्म । अभिनेता कर्मा अभिनयकै कारण चर्चामा आउने गर्छन । कुनै समय चकलेटी अभिनेताको रुपमा चिनिएका कर्मा पछिल्लो समय भने अभिनेताकै रुपमा अगाडी बढिरहेका छन् । यिनै कर्माले फिल्म ‘गरुड पुराण’ मा दुई भिन्न क्यारेक्टर निर्वाह गरेका छन् । कर्माले फिल्ममा प्रौढ व्यक्तिको भूमिका समेत निर्वाहा गरेका छन् ।

निर्माणपक्षले सार्वजनिक गरेको कर्माको तस्बिरले पनि अझै उत्सुकता बढाएको छ । डेब्यु गर्ल प्रियंका सिंहसँग रोमान्स गरेको देखिएका कर्मा अर्को सार्वजनिक तस्वीरमा भने लुनिभा तुलाधरसंग देखिएका छन् । ‘कर्माले फिल्ममा २५ वर्षे युवा मात्र होइन ६० वर्षीय वृद्धको भूमिकामा पनि काम गरेका छन्’ निर्देशक सुवास कोइराला भन्छन् ‘ उनि अभिनयमा पर्फेक्ट छन् त्यसैले एकै फिल्ममा अपनी आफुलाई फरक चरित्रमा प्रस्तुत गरेका छन् ।’

माघ ४ गतेलाई रिलिज डेट तय गरिएको फिल्ममा कर्मासंगै प्रविण खतिवडा, कामेश्वर चौरसिया , नाजिर हुसेन , लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ । यसैफिल्म मार्फत प्रियंका सिंहले डेब्यु गर्दैछिन । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्