‘परस्त्री’ हिन्दीमा प्रदर्शन नहुने

फिल्म । अन्तत: फिल्म ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन हुने भएको छ । यसको आयोजित कार्यक्रममा हिन्दी भाषामा समेत प्रदर्शन हुने भनिएता पनि अन्तिम समयमा नेपालमा नेपाली भाषालाई मात्र प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ । यहिँ शुक्रबारबाट नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउने फिल्म नेपाल बाहेक अन्य देशमा भने भारतमा प्रदर्शन हुने निर्देशक सुरज पाण्डेले जानकारी दिए ।

‘हिन्दी भाषामा रहेको परस्त्रीको संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको चलचित्र परस्त्री नेपालमा प्रदर्शन हुनेछ’, निर्देशक पाण्डेले भने । पारिवारिक सम्बन्धमा हुने विश्वासघातको कथामा बनेको फिल्ममा शिल्पा मास्केले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । दीपेन्द्र के खनालको लेखन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यसमा शिल्पासँगै कोसिस क्षेत्री, गौरव विष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्