फिल्म । हलिउडमा सफल सिरिज मध्यको एक हो ‘जेम्स बोण्ड’ । स्पाई थ्रिलर यसफिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सेरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफुलाई जेम्स बोण्डको रुपमा अगाडी ल्याईसकेका छन् । फिल्ममा जेम्स बोन्ड झैँ उनकी अभिनेत्रीको पनि चर्चा हुने गर्छ ।
यसै सिरिजको ‘थन्डरबल’ को चौथो फिल्मकी अभिनेत्री क्लाउडिन ओगरको निधन भएको छ । ७८ वर्षीया फ्रान्सेली अभिनेत्री ओगर १९५७ को मिस ‘सिनेमान्ड’ र १९५८ का ‘मिस वर्ल्ड रनरअप’ उपाधि विजेता थिइन् । १९५८ मा क्लाउडिनले ‘क्रिस्टीन’ बाट आफ्नो फिल्म करियरको सुरवात गरेकी थिइन् । उनी बोन्ड सिरिजमा कास्ट गरिएकी पहिलो फ्रान्सेली अभिनेत्री हुन् । ‘थन्डरबल’ मा उनी डोमिनोको भूमिकामा देखिएकी थिइन् । यस बाहेक उनलाई ‘ट्रिपल क्रस’ र ‘द मेमोर्स अफ शरलोक होम्स’ मा देख्न सकिन्छ ।
ओगर १९९७ मा अन्तिम पटक फ्रेन्च फिल्म ‘द रेड एन्ड ब्ल्याकमा’ देखिएकी थिइन् । जेम्स बोन्ड सिरिजको २५ औं फिल्म ‘नो टाइम टु डाइ’ अप्रिल २०२० मा आउँदैछ । फिल्ममा मुख्य भूमिका खेल्ने ५१ वर्षीय डानियल क्रयाग लामो समयसम्म बोन्डमा अभिनय गर्ने एक मात्र अभिनेता हुन् । उनले सन् २००५ देखि अहिलेसम्म ४ जेम्स बोन्डमा अभिनय गरेका छन् ।











