भारत अपडेट : खुल्यो कट्रिना र वरुणको रोल

फिल्म । पछिल्लो समय सलमान खान फिल्म ‘भारत’मा व्यस्त छन् । फिल्मको अन्तिम सेड्युलको छायाँकन भईरहेको छ । सलमानलाई विभिन्न समयको गेटअपमा देखाइने फिल्मको लागि उनले निकै मेहनत गरिरहेका छन् । पछिल्लो फिल्म ‘टाइगर जिन्दा है’ सफल भएपछी सलमानले यसफिल्ममा पनि अलि अब्बास जफरसँगै काम गरिरहेका छन् ।

सलमानले अलिसँग पहिलो पटक ‘सुल्तान’मा काम गरेका थिए । यसले पनि बलिउड बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको थियो । यिनै सलमानले अलिलाई तेस्रो पटक विश्वास गरिरहेका छन् । फिल्ममा कट्रिना कैफ छिन भने विशेष भूमिकामा वरुण धवन पनि छन् । वरुणको रोल खुल्न सकेको थिएन भने कट्रिना सलमानको अपोजिटमा छिन भन्ने खबर बाहिर आइरहेको थियो ।

तर पछिल्लो समयको खबरलाई आधार मान्ने हो भने फिल्ममा कट्रिना सलमानको बोसको भूमिकामा देखिनेछिन । केहि भारतीय न्युज पोर्टलले कट्रिनाको मात्र होइन वरुणको पनि भूमिका खुलेको लेखेका छन् । अर्थात् फिल्ममा वरुण धीरुभाइ आम्बानीको भूमिकामा देखिनेछिन् । यसफिल्ममा सलमान १८ वर्ष देखि ७० वर्षसम्मको गेटअपमा देखिदैछन् । फिल्म सन् २०१९ को इद अर्थात् जुन ५ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्