आशावादी सुवास

फिल्म । कार्तिक ३० मा रिलिज हुने फिल्म ‘गुनगुन’को ट्रेलर तथा दुई सार्वजनिक भईसकेको छ । आउदै गरेको चाडपर्वलाई लक्षित गर्दै निर्माण युनिट विभिन्न इभेन्टमा सहभागी हुने सोचाइमा समेत छन् । यसैबीच निर्माण पक्षले फिल्मको विषयवस्तुको बारेमा जानकारी गराएका छन् । निर्देशक , निर्माता तथा कलाकार पुकार भट्टराई र कलाकारहरु सुवास मेचे तथा रविन्द्र प्रताप सेनले जानकारी गराएका हुन् ।

यसफिल्म मार्फत सुवास निकै आश्वादी छन् । उनले आफुलाई भिन्न रुपमा दर्शकले पाउने बताए । ‘मलाइ जति दर्शकले माया गर्नु हुन्छ , उहाहरुको लागि म एक्सनसंगै भिन्न अवतारमा छु’ सुवास आफु किल्लापछी हलमा आउँन लागेको बताए । एक किसिमको दर्शक माँझ आफ्नो छुटै छवि निर्माण गरेका सुवास एक्सन गर्ने एक्टरका रुपमा चिनिन्छन ।

यिनले फिल्मको कथा समसामयिक रहेको जनाउदै फिल्म पारिवारिक प्रेम कथा रहेको बताए । फिल्ममा शिर्ष भूमिकामा अभिनेत्री संचिता लुइँटेल छिन । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । ।

कमेन्ट गर्नुहोस्