तब्बुले भनिन ‘अजयको कारण अविवाहित छु’

159 Shares

बलिउड । अभिनेत्री तब्बूले अभिनेता अजय देवगनकै कारण बिहे नगरेको बताएकी छिन् । ४६ वर्षीया तब्बूले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिंदै भनिन्, ‘अजय र मेरो २५ वर्षदेखि चिनजानमा छौं, उनी कुनै समय नजिकका साथी हुने गर्दथे, म सानी छँदा अजय र उनका कजन समीर आर्यले मलाई गहिरो नजरले हेर्दथे, दुवै जना बदमास थिए ।’

अजय आफ्नी खास साथी तब्बूको बिहे होस् भन्ने चाहेका छन् । तर तब्बू पहिलेदेखि नै भन्ने गर्थिन् ‘मेरो लागि राम्रो केटा खोज ।’ यो सबै मजाग मजागमा भनेको बताए पनि तब्बूले आफूहरु निकै नजिकका साथी भएको बताएकी छिन् । पहिलो पटक सन् १९९४ मा विजयपथ चलचित्रमा दुवैले स्क्रिन सेयर गरेका थिए । केटा साथीहरुमा सबैभन्दा नजिक अजय नै रहेको उल्लेख गर्दै तब्बूले अजय निकै प्रोटेक्टिभ रहेको बताइन् । तब्बूले अजयसंग हकीकत, तक्षक र दृश्यममा काम गरेकी थिइन् ।

Facebook Comments