‘अनागत’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । प्रियंका कार्की र अर्पण थापाको अभिनय रहेको फिल्म ‘अनागत’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मको पात्रको चरित्रलाई प्रस्ट्याईएसँगै कथासारलाई पनि देखाइएको छ । मनोविज्ञानमा आधारित फिल्मले एक परिवारको कथा देखाएको छ । एक परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई फिल्ममा देखाइएको हो । फिल्ममा अर्पण र प्रियंकासँगै प्रविन खतिवडा , रोसिन सुबेदी लगायतको अभिनय रहेको छ । फिल्ममा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निवाराह गरेका छन् । प्रमोसन म्याटेरियल रिलिज समारोहमा अर्पण , प्रियंका , प्रविन , रोसिन लगायत उपस्थित थिए ।‘अनागतको क्यारेक्टरबाट निस्किन मलाइ सहज भएन’ अर्पणले आफ्नो भूमिकालाई प्रस्ट्याउदै भने ‘मलाइ अभिनय गर्न मन लागेको फिल्म हो , मेरो साइडबाट फरक स्वाद चाहने दर्शकको लागि फिल्म खास छ।’ अर्पण झैँ प्रियंका पनि आशावादी छिन । ‘फिल्मले एउटा परिवारमा श्रीमान र श्रीमती बीच शंखा उत्पन्न भएपछी आउने परिस्थितिलाई देखाउनेछ’ प्रियंका भन्छिन् ‘फिल्मले पात्रलाई यथार्थसँग जोडेको छ ।’ ‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका हुन् ।

सस्पेन्स थ्रिलर श्रेणीमा बनेको फिल्मलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘यस फिल्मले तपाइलाई एउटा घटना र अवस्था देखाउछ तर यसमा कमर्सियल तत्व भने छैनन्’ निर्देशक भुटिया भन्छन ‘एउटा फरक कथालाई हेर्न चाहनु हुन्छ भने मात्र अनागत तपाइको लागि उपयुक्त फिल्म हो ।’फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।

कमेन्ट गर्नुहोस्