‘मौतका कुँवा’ मा सलमान

फिल्म । यतिबेला सलमान खान फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त छन् । फिल्मको चौथो सेड्युलको छायाँकन यतिबेला भईरहेको छ । बलिउडका भाइजान सलमानको फिल्म भएकाले पनि यससँग जोडिएको हरेक अपडेटले बि-टाउनमा चर्चा पाउने गर्छ । पछिल्लो समय छायाँकनकै क्रममा यसको नयाँ खबर बाहिरिएको छ ।

सलमानले ‘मौतका कुँवा’ मा बाइक दौडाएका छन् । फिल्मका निर्देशक अलि अब्बास जफरले ट्विट गर्दै लाइफकै डेन्जर सिन छायाँकन गरेको लेखेका छन् । उनले यस सिनको लागि सलमान र उत्तर प्रदेशको स्टनड राइडरलाई धन्याद दिएका छन् । फिल्ममा सलमान विभिन्न अवतारमा प्रस्तुत हुदैछन भने यसमा कट्रिना कैफ उनको अपोजिटमा छिन । सलमानले अलिसँग सुल्तान र टाइगर जिन्दा है जस्ता ब्लकबष्टर फिल्म दिईसकेका छन् ।

कमेन्ट गर्नुहोस्