फिल्म । आउँदो शुक्रबारबाट प्रतिक्षित दुइ फिल्म आम र सेन्टी भाइरस पदर्शनमा आउदै छ । प्रशुपति प्रसाद जस्तो फिल्म निर्देशन गरेर चर्चा कमाएका दिपेन्द्र के खनाल निर्देशित आमाले सार्वजनिक ट्रेलर मार्फत एक किसिमको चर्चा पाइसकेको छ । यता धुर्मुस र सुन्तलीको उपनामले दर्शक माँझ परिचित सिताराम कट्टेल र कुञ्जना घिमिरे ‘सेन्टी भाइरस’ मार्फत अभिनय र निर्माणमा आएका छन् । यो जोडीलाई सानो र ठुलो पर्दामा नदेखेको लामो समय भइसकेको छ । यी दुइ फिल्म आउँदो फागुन ९ मा एकसाथ प्रदर्शनमा आउदै गर्दा निकै चासोको साथ् हेरिएको छ । आमालाई ‘वर्ड अफ माउथ’ ले अगाडी बढाउने विश्वास गरिएको छ भने ‘सेन्टी भाइरस’ ले इनिसियल रुपमा पाएको दर्शकलाई सन्तुष्ट बनाउनु पर्ने चुनौती छ । शुक्रबार प्रदर्शनमा आउने यी दुइ फिल्मकै मल्टिप्लेक्समा बुकिङ्ग खुल्ला भईसकेको छ ।
आमा
आउँदो शुक्रबारबाट फिल्म ‘आमा’मा आमा र छोरीको कथा देखाइएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको पछिल्लो फिल्म ‘पशुपति प्रसाद’ पछि उनि यसमा विश्वस्त छन् । यसपटक उनले दर्शकलाई मन छुने कथा लिएर आएको बताएका छन् । यसपटक फिल्म ‘वर्ड अफ माउथ’ ले दर्शक बढ्नेमा टिम विश्वस्त छ । खनाल पनि पशुपति प्रसादको दर्शकलाई निराश नबनाउने पक्षमा छन् । निर्देशक खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको यसफिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन । उनले यस आफ्नो अभिनय करियरकै घुम्तीको रुपमा पनि लिन्छिन् । उनले ‘आमा’ उपनाम पाउनेमा विश्वस्त रहेको समेत बताइन । फिल्मकी अर्की लिड कलाकार सुरक्षा पन्त हुन् ।
फिल्मको बुकिङ्ग यतिबेला मल्टिप्लेक्समा खुसिसकेको छ । क्युएफएक्सले उपत्यकाको स्टेशनमा फिल्मलाई १६ शो दिइएको छ । बुकिङ खुलेसँगै दर्शकले आफ्नो सिट ‘रिजर्भ’ गर्न थालिसकेका छन् । क्युएफएक्स अन्तर्गत लबिम मलमा ३ शो , सिभिल मलमा ४ शो ,भक्तपुरमा ३ शोज, ठमेलमा रहेको छायाँ सेन्टरमा २ शो , कुमारीमा ३ शो र जयनेपालमा १ दिएको छ । यसैगरी क्युएफएक्स अन्तर्गतकै मोफसलमा रहेको हलहरुमा नेपालगञ्जमा १ शो, विराटनगरमा १ शो, बुटवालमा १ शो, सिनेप्लेक्स पोखरामा १ शो, जलमा नारायणघाटमा १ शो, वान स्टप विर्तामोडमा १ शो गरी ६ शोज पाएको छ । राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले शो पब्लिस गरेको छैन । भने , अन्य हलमा दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ४ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो , सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ४ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ४ शो रहेको छ । यसैगरी राजधानीमै रहेको आइएनआइ सिनेमा अन्तर्गत नर्थमा ३ शो र लोत्से मलमा ४ शो फिल्मले पाएको छ ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।
सेन्टी भाइरस
आउँदो शुक्रबारबाट फिल्म ‘सेन्टी भाइरस’ पनि प्रदर्शनमा आउदै छ । फिल्ममा धुर्मुस र सुन्तलीको उपनामले परिचित जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे छन् । टेलिफिल्म ‘मेरी बासैँ’ मार्फत दर्शक माँझ स्थापित यो जोडीलाई पर्दामा नदेखिएको लामो समय भईसकेको छ । ४ वर्ष अगाडी गएको महा भुकम्पपछि यो जोडी अभिनय भन्दा पनि सामाजिक कार्यमा लाग्यो । त्यसपछि सानो र ठुलो पर्दामा यिनीहरुलाई देख्ने ईच्छा दर्शकको पुरा भएको छैन । यसपटक यो जोडी निर्माता समेत बनेर आउदैछन् । फिल्ममा पनि यी दुइ जोडी नै छन् ।
फिल्मको बुकिङ्ग यतिबेला मल्टिप्लेक्समा खुसिसकेको छ । क्युएफएक्सले उपत्यकाको स्टेशनमा फिल्मलाई २३ शो दिइएको छ । बुकिङ खुलेसँगै दर्शकले आफ्नो सिट ‘रिजर्भ’ गर्न थालिसकेका छन् । क्युएफएक्स अन्तर्गत लबिम मलमा ४ शो , सिभिल मलमा ५ शो ,भक्तपुरमा ४ शोज, ठमेलमा रहेको छायाँ सेन्टरमा ४ शो , कुमारीमा ४ शो र जयनेपालमा २ दिएको छ । यसैगरी क्युएफएक्स अन्तर्गतकै मोफसलमा रहेको हलहरुमा नेपालगञ्जमा ३ शो, विराटनगरमा ५ शो, बुटवालमा ५ शो, सिनेप्लेक्स पोखरामा ५ शो, जलमा नारायणघाटमा ५ शो, वान स्टप विर्तामोडमा ४ शो गरी २७ शोज पाएको छ । राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले शो पब्लिस गरेको छैन । भने , अन्य हलमा दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ४ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा ४ शो , सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ६ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ५ शो रहेको छ । यसैगरी राजधानीमै रहेको आइएनआइ सिनेमा अन्तर्गत नर्थमा ४ शो र लोत्से मलमा ३ शो फिल्मले पाएको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपछि नमुना बस्ती निर्माण, तराईको बाढीमा राहत, उद्धारलगायतमा पटकपटक रकम संकलन गरे पनि क्रिकेट रंगशाला बनाउन अन्तिमपल्ट सबैसँग हात फैलाएको धुर्मुस बताउँछन् । उनले फिल्मलाई धुर्मुस – सुन्तलीको भनेर हेर्न आग्रह गरे । फिल्म बन्ने समयमा यो जोडी रंगशालाकै काममा व्यस्त थिए । फिल्ममा धुर्मुस र सुन्तलीसंगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, वसन्त भट्ट, कमलमणि नेपाल, सन्दिप क्षेत्री, पवन खतिवडा, एलिशा राई, सुनीता घिमिरेलगायतको अभिनय छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।










