फिल्म । फिल्म ‘आँखे’ को सिक्वेल बन्ने चर्चा पछिल्लो समय बि-टाउनमा चलिरहेको छ । सन् २००२ मा रिलिज भएको फिल्मको सिक्वेललाई अनिस बाज्मीले निर्देशन गर्नेछन् । फिल्मको लागि भिलेनको क्यारेक्टरमा सनि देओललाई प्रस्ताव समेत गरिएको छ । अनिसले सनीलाई नेगेटिभ क्यारेक्टर सुहाउने भन्दै स्क्रिप्ट दिईसकेका छन् ।
पछिल्लो समय सोसल हिरोको भूमिका निर्वाह गरिरहेका सनीले अनिसको प्रस्तावमा कस्तो निर्णय गर्छन यो त आउने समयले नै बताउनेछ । तर सनीले एस भनेर सहमत भए बहने झन्डै २५ वर्षपछी उनलाई बलिउडका बिग बि अर्थात् अमिताभ बच्चनसँग स्क्रिनमा देख्न पाईनेछ । यसका साथै फिल्ममा ज्याक्लिन फर्नान्डिजलाई पनि देख्न पाइने छ ।
पछिल्लो समय सार्वजनिक खबरलाई आधार मान्ने हो भने अनिसले ज्याक्लिनलाई फिल्ममा लिने निर्णय गरेका छन् । फिल्ममा पाँच लिड क्यारेक्टर छन् , जसमध्यको एक ज्याक्लिन हुनेछिन् । उनि अगाडी नै फिल्ममा अमिताभ बच्चन , परेश रावल , अक्षय कुमारलाई लगभग फाइनल गरिएको अनिसलाई उदृत गर्दै भारतीय मिडियामा खबर छ । अमिताभको टिममा एक मात्र फिमेल हुनेछिन् , जसको लागि ज्याक्लिनलाई लिइएको खबर छ । (एजेन्सी)











