साउथ फिल्ममा अमिताभको नयाँ लुक्स (भिडियो)

जयहोस् । बलिउडका बिग बि अमिताभ बच्चनको जन्मोत्सवको अवसर पारेर उनको साउथ इण्डियन फिल्मको मोसन पोष्टर सार्वजनिक गरिएको छ । पछिल्लो समय फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को कारण चर्चामा रहेका अभिताभ साउथको डेब्यु फिल्ममा पनि त्यस्तै लुक्समा देखिएका छन् । उनले अभिनय गरेको फिल्मको नाम ‘सई रा नरसिम्हा रेड्डी’ राखिएको छ । फिल्ममा उनि विशेष भूमिकामा छन् तर उनको लुक्स जबरजस्त छ । स्वतन्त्र सेनानी यु नरसिम्हा रेड्डीको जीवनीमा आधिरित फिल्ममा चिरन्जीवी मुख्य भूमिकामा छन् । फिल्मको क्यारेक्टर विशेष भएकाले बलिउडका बिगबि गेस्ट रोलमा देखिन सहमत भएका हुन् । नयनथरा र जगपति बाबुको पनि अभिनय रहेको फिल्मलाई सुरेन्द्र रेड्डीले निर्देशन गरिरहेका छन् । फिल्मको छायाँकन अमिताभ हैदरावादमा गरेका थिए ।
कमेन्ट गर्नुहोस्