मदनकृष्ण भन्छन् ‘स्वास्थ्यसँगै शरीर पनि ठिक छ’

फिल्म । मह सञ्चारको ब्यानरमा निर्मित फिल्म ‘दाल भात तरकारी’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय दर्शकले हेर्न पाउनेछन् । पछिल्लो समय सिरियलमा नदेखिएको जोडीलाई फिल्ममा हेर्न पाउनेमा दर्शक उत्साहित नै छन् । तर दर्शकले मदनकृष्णलाई भने छोटो भूमिकामै देख्न पाउनेछन् ।

‘मैले पार्किन्सनको कारणले गर्दा काम गर्न सक्दिन कि भन्ने डर लागेको थियो’ मदनकृष्ण भन्छन् ‘फिल्मले दर्शकलाइ भरपुर मनोरंजन दिनेमा म विश्वत छु ।’ पछिल्लो फिल्म ‘शत्रु गते’ मा पनि उनि छोटो भूमिकामै थिए । किनकी उनि निर्देशकको एक्सन कट अनुसार आफुलाई तयार गर्न पाउँदिन कि भन्ने डरमा थिए । ‘म कलाकार भईसकेपछी मेरो कारणले सबैको काम नरोकियोस भन्ने चाहन्छु , त्यसैले मैले छोटो भूमिका निर्वाह गरेको हु’ उनि भन्छन् ‘ तर मेरो स्वास्थ्यसँगै शरीर पनि ठिकै रहेछ , आउँदो दिनमा भने ठुला भूमिका नै गर्नेछु ।’

उनि पछिल्लो समय रोल्पाको हल्लेरीमा आयोजित अक्षर महोत्सवमा सहभागी हुन् पुगेका थिए । हल्लेरीसम्म पुग्ने उनले साढे दुइ घण्टा जिप यात्रा गरे भने त्यसपछी झन्डै आधा घण्टा भन्दा बढी उकालो हिडेर महोत्सव स्थलमा पुगे । ‘पहिला म स्वास्थ्य त ठिक छ तर शरीर भन्न सक्दिन भन्थिए तर अक्षर महोत्सवले शरीर पनि चेक भयो’ मदन भन्छन् ‘अब स्वास्थ्यसँगै शरीर पनि ठिक छ ।’

साथै , उनले दाल भात तरकारी पनि स्वादिलो तयार भएको बताए । ‘अब पस्किन बाँकी छ , दाल भात तरकारी स्वादिलो छ’ मदनले आफुहरु पस्किन तयार रहेको बताए । फिल्ममा किरण केसीको प्रस्तुति रहेको छ भने उनकै छोरा सुदन केसीले निर्माण गरेका हुन् । फिल्ममा मदनसँगै हरिवंश आचार्य , निरुता सिंह , शिवहरी पौडेल , किरण केसी , वर्षा राउत , आँचल शर्मा , पुष्प खड्का , रविन तामाङ , शिशिर बांग्देल , विल्सन विक्रम राई , राजाराम पौडेल , बसुन्धरा भुषाल लगायतको अभिनय रहेको छ ।

Facebook Comments