‘जात्रै जात्रा’ लाई सुखद प्रतिक्रिया

42 Shares

फिल्म । निर्देशक प्रदीप भट्टराईलाई निर्देशनमा डेब्यु गरौअने मात्र नभई स्थापित नै गराउने श्रेय जान्छ , जात्रालाइ । यसकै सिक्वेल जात्रै जात्रा शुक्रबारबाट प्रदर्शनमा आएकोछ । फिल्ममा निकै चर्चामा रहेको ‘३३ किलो सुन काण्ड’ घटनाबाट प्रभावित भएर फिल्म निर्माण भएको हुन् सक्ने ट्रेलरका केहि दृश्यले संकेत गर्छ । सामान्य व्यक्तिले सुन पाएपछि आउने परिस्थितिलाई फिल्ममा प्रस्तुत गरिएको छ । विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् ।

पहिलो दिन राजधानीमा स्पेसल शो को आयोजना गरिएको छ । आयोजित स्पेसल शो मा फिल्मलाई रुचाइएको छ । शो हेर्न आएका मिडियाकर्मी तथा कलाकर्मीले फिल्मको प्रसंसा गरेका छन् । जात्राबाट बनाएको साखलाई यसको सिक्वेलले बचाउन सफल भएको छ । ‘हामीलाई दर्शकको आशमा खो उत्रिन सक्छौ कि सक्दैनौ जस्तो लागेको थियो’ निर्देशक भट्टराई भन्छन् ‘बिहानी शो बाट आएको प्रतिक्रियाले उत्साहित छौ , फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग भएको छ ।’ विपिन , वर्षा र रविन्द्र पनि प्रदीप झैँ दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित देखिन्थिय ।

फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

Facebook Comments