हलमा ‘श्री’

फिल्म । नयाँ वर्षको अवसर पारेर फिल्म ‘श्री’ प्रदर्शनमा आएको छ । नेपाली फिल्म प्रदर्शनको लागि निकै राम्रो डेट मानिने नयाँ वर्षमा यसपटक भने अघिल्लो वर्ष झैँ कोरोना भाइरसको कारणले दर्शकको उत्साहजनक उपस्थिति हुन् सकेको छैन । एभरेस्ट सूर्य बोहराद्वारा निर्देशित ‘श्री’ को मुख्य भूमिकामा सन्दीप छेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।

सविता गुरुङको निर्माण रहेको फिल्ममा एउटा व्यक्तिले जीविकोपार्जनका निमित गर्ने संघर्षलाई चित्रण गरिएको छ । फिल्मलाई उपत्यकामा जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्