कबड्डी ३ : निर्देशक भन्छन् योजनामा छैन , वितरक भन्छन् रिलिज डेट बुक

फिल्म । कबड्डी सिरिज मार्फत चिनिएका निर्देशक हुन् , रामबाबु गुरुङ । उनले ‘अनागरिक’ मार्फत निर्देशनमा डेब्यु गरेता पनि धेरैले उनलाई कबड्डी निर्देशक भनेर चिन्ने गर्छन् । यिनै रामबाबु पछिल्लो समय कबड्डीको तेस्रो सिरिजको समाचारको कारण चर्चामा छन् । कबड्डी निर्देशन गर्न लागेको खबर मिडियामा आएपछि उनले केहि मिडियामा त्यसको खण्डन समेत गरे । उनले फिल्म गर्ने सोच रहेको तर तत्कालैको योजनामा नरहेको समेत प्रस्ट्याए । रामबाबुले मिडियालाई यसरि प्रस्ट्याइ रहदा उनले काम पनि अगाडी बढाई रहेको बुझिएको छ । उनले फिल्मको लागि रिलिज डेट नै बुक गरिसकेका छन् ।

उपत्यकामा स्टेसन फाइभ र मोफसलमा मनोज राठी समुहले वितरण गर्ने भनिएको फिल्मको लागि भाद्र १३ को डेट बुक गरिएको छ । सो डेटमा स्टेसन फाइभले उपत्यकाको लागि अन्य फिल्म अग्रीमेन्ट गरेको छैन भने मनोजले पनि त्यहिँ गरिरहेका छन् । निर्देशकले फिल्म योजनामा नै छैन भनिरहदा डेट कसरि बुक भयो ? यो त उनैले जानुन तर आफुले गरेको काम मिडियामा होइन भन्ने र पछि यसलाई टिमको निर्णय भन्ने प्रचलन नयाँ भने । यसअगाडी पनि केहि फिल्मकर्मीले आफ्नो योजनालाई सत्य नरहेको बताईसकेका छन् । कबड्डी मार्फत स्थापित निर्देशक गुरुङले यसको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ मा पनि मित्रता र मायाको कथालाई नै निरन्तरता दिने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्