दाल भात तरकारी युनिटसँग आँचलको जन्मोत्सव (फोटो फिचर)

फिल्म । अभिनेत्री आँचल शर्माले आफ्नो जन्मोत्सव फिल्म ‘दाल भात तरकारी’ युनिटसँग मनाएकी छिन । उनको नेक्स्ट रिलिज फिल्मका टिम हरिवंश आचार्य , किरण केसी र डेब्यु निर्देशक सुदन केसी लगायतसँग उनले केक काट्दै जन्मोत्सव मनाएकी हुन् । मंगलवार राजधानी स्थित ब्रिक्स क्याफेमा उनले २२ औ जन्मदिन मनाएकी हुन् । ‘यो मेरो दोस्रो परिवार हो त्यसैले यसरि जन्मदिन मनाउन पाउदा निकै खुसि लागेको छ’ केहि भावुक हुँदै आँचलले भनिन् ‘आफुलाई परिपक्क बनाउदै अगाडी बढ्ने छु र गल्ति सुधार्नेछु ।’

उनले जन्मदिनमा आफू मानव आश्रम, स्नेही काख लगायतका संस्थामा गएर आफूले सक्दो सहयोग गरेको सुनाइन् । साथै उनले फिल्म ‘दाल भात तरकारी’ युनिटसँग काम गर्दा आफुलाई फिल्ममा काम गरे जस्तो नलागेको पनि सुनाइन । ‘मलाई छोरी , बहिनि भनेर माया गर्नु हुन्छ त्यसैले फिल्म युनिटसँग भए जस्तो नै लाग्दैन’ उनले भनिन् ‘मैले सानो उमेरमै मदन बा , हरि बा , किरण बा लगायतको टिमसँग काम गर्ने मौका पाए, आफुलाई भाग्यमानी ठान्छु ।’

उनलाई पनि आफुहरुले छोरीकै रुपमा परिवारकै सदस्य बनाएको हरिवंश आचार्यले बताए । ‘आँचल त हाम्रो परिवारकी सदस्य भइसकिन’ उनले भने ‘सम्भावना बोकेकी छिन उनले , आउँदा दिनमा धेरै आगाडी पुग्छिन ।’ किरणले पनि केहि गल्ति सुधार्दै आँचललाई अगाडी बढ्ने सुझाउदै प्रगतिको कामना गरे । आँचल यो टिमसँग ‘शत्रु गते’ पछी दोस्रो पटक काम गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्