फिल्म । बलिउडका खिलाडी एक्टर अक्षय कुमार १२ वर्षपछी आफ्नो हरर कमेडी जनरमा फर्किएका छन् । पछिल्लो फिल्म भुलभुलैया रिलिजपछी त्यस किसिमको फिल्ममा नदेखिएका अक्षयले यसैवर्ष ‘लक्ष्मी’ नामक फिल्ममा काम गर्ने भएका छन् । साउथ इण्डियन हरर कमेडी फिल्म ‘कंचना’ मन पराएका अक्षयले यसै फिल्मको रिमेकमा काम गर्न लागेका छन् । उनि फिल्ममा कलाकारसँगै निर्माता मध्यका एक पनि हुनेछन् ।
उनले आफु यसकिसिमको फिल्ममा देखिने तयारी गरिरहदा निकै खुसि लागेको बताएका छन् । अक्षयले यसै वर्ष एक्सनड्रामा ‘सूर्यवंशी’ मा पनि काम गर्दैछन् । फिल्मलाई रोहित शेट्टीले निर्देशन गर्नेछन् । यस फिल्मको छायांकनपछी अक्षयले ‘लक्ष्मी’ को शुटिङ सुरु गर्ने तय गरेका छन् । फिल्ममा उनको अपोजिटमा सेफ डेब्यु गर्ल सोभिता धुलिपाला देखिनेछिन् । उनले सैफअलि खानसँग सेफ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् ।
कमेन्ट गर्नुहोस्











