‘अभिनयमा विश्वस्त थिइन्’

20 Shares

फिल्म । श्वेता खड्का पछिल्लो समय फिल्म भन्दा पनि बिजेनस र विभिन्न इभेन्टमा सक्रिय छिन् । उनकै निर्माण तथा अभिनय रहेको पछिल्लो फिल्म ‘कान्छी’ युट्युब रिलिज भईसकेको तर उनले अझै पनि नयाँ फिल्मको सुरसार गर्न सकेकी छैनन् । यद्धपि उनलाई ‘कान्छी’ फिल्म युट्युबमा हेर्ने धेरैले नयाँ फिल्म कहिले आउँछ भनेर प्रश्न गरिरहेका छन् । तर , उनले नयाँ फिल्म निर्माणमा चासो देखाएकी छैनन् । बरु , आफ्नो विजनेसलाई अगाडी बढाईरहेकी छिन् ।

फिल्मबाटै चिनिएकी श्वेता किन पछिल्लो समय यसतर्फ सक्रिय छैनन् त ? उनि यसलाई सिस्टमको दोस दिन्छिन् । ‘हामीले फिल्म मेहनत गरेर बनाउछौ तर प्रदर्शन गर्ने बेलामा सिस्टम खै ?’ उनले फिल्मीक्षेत्रमा गतिलो सिस्टम नहुँदा निर्माता मारमा पर्ने गरेको गुनासो गरिन् । यद्दपी उनि केहि स्क्रिप्टमा भने काम गरिरगेकी छिन्। ‘एउटा स्क्रिप्टमा पनि काम गरिरहेकी छु किनकी फिल्मबाट टाढा त रहनै सक्दिन नि’ उनले भनिन् ‘तर , हाम्रो फिल्म निर्माण , प्रदर्शन र वितरण व्यवस्थित भए हामीलाई निकै सहज हुन्थ्यो ।’

श्वेताले आफ्नो पहिचान फिल्मबाटै बनाइन । तर , यहाँसम्म आइपुग्न उनलाई नत सहज नै थियो नत आफैमा भरोसा । किनकी उनको घरबाट मिस नेपालमा समेत अडिसनमा जान दिईएको थिएन । नत उनले अभिनय गर्ने सोच नै बनाएकी थिइन् । तर , उनलाई मात्र होइन नभई उनको घरपरिवारलाई नै अभिनेता श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीले कन्भिन्स गरे । फिल्ममा तय भएपछी पनि श्वेतामा आत्मविश्वास थिएन । ‘मलाइ नलिनु तपाईहरुको ड्रिम प्रोजेक्ट डुब्न सक्छ । किनकी मैले अहिलेसम्म काम गरेकी छैन । मैले भनेकी थिए तर उहाहरुले मप्रति विश्वास गर्दै तिमीले गर्न सक्छौ भन्नु भयो’ श्वेताले अडिसनपछीको त्यो समय सम्झिइन ।

अडिसनमा गरेको अभिनय भन्दा श्वेताले फिल्ममा राम्रो गरिन् । उनको क्यारेक्टरले दर्शकको माया पनि पायो । ‘कहाँ भेटिएला’ को गीतसंगीतले दर्शक र श्रोताको मन जित्दै श्वेतालाई स्थापित बनायो । श्री र शिवले देखेको भविष्यले मुर्तरुप पायो । आज श्री र शिव त यो धर्तिमा छैनन् तर उनका कृतिसँगै दर्शकहरु समक्ष स्थापित गरिदिएको अभिनेत्री श्वेता छिन् । श्वेताले पनि आफ्नो कला यात्रालाई विस्तारै निरन्तरता दिईरहेकी छिन् ।

( इभिनिङ गफ विथ नरेशमा गरिएको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्