रेणु र देवीले सँगै हेरे ‘छक्का पञ्जा ३’

फिल्म । गत घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ भव्यताका साथ् प्रदर्शन भईरहेको छ । फिल्मलाई उपत्यका तथा मोफसलका दर्शकले उस्तै साथ् दिईरहेका छन् । अघिल्लो सिरिज छक्का पञ्जा र छक्का पञ्जा २ को रेकर्ड यसले तोडिसकेको छ । ब्याक टु ब्याक ब्लकबष्टर फिल्म दिएकी निर्देशक दीपाश्री निरौला दंग मात्र छैनन् , हलहलमा पुगेर दर्शकलाई धन्यवाद समेत दिईरहेकी छिन । गत विजयादशमीको टिका पश्चात पुर्वका दर्शकसँग बसेर फिल्म हेर्नुका साथै धन्यवाद समेत दिएकी दीपा बुधवार चितवन पुगेकी छिन ।

उनले त्यहाँ दर्शकसँगै बसेर फिल्म मात्र हेरिनन् , भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाल र मेयरका प्रत्यासी देवी ज्ञवालीलाई फिल्म पनि हेराइन । फिल्मका कलाकार तथा निर्माता केदार घिमिरे ‘माग्ने बुढो’ को नजिकका देवीले फिल्म हेर्न गरिएको आग्रहलाई नकार्न नसकेपछी मेयर रेणुसंगै बसेर फिल्म हेरे । काठमाण्डौबाट फिल्म हेर्नकै लागि दीपक राज गिरी र जितु नेपाल पनि पुगेका थिए ।

देशैभर दर्शकको साथ पाएपछि यतिबेला फिल्म युनिट सम्भव भएसम्म दर्शक कहाँ पुगेर धन्यवाद दिईरहेका छन् । फिल्म हेर्नु अगाडी सफलताको केक काटिएको थियो भने स्थानीय हल व्यावसायिले फिल्म युनिटलाई सम्मान समेत गरेका थिए । फिल्मको वर्ड अफ माउथका कारण ब्यापार बढाउन सफल फिल्ममा दीपिका प्रसाई , शिवहरी पौडेल , शिशिर बांग्देल , नीर शाह , बुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ । विशेष गरि फिल्म हेर्न आइपुगेका मेयर रेणु र प्रत्यासी देवीको प्रतिक्रिया सबैको पर्खाइमा थियो । यी दुईले फिल्म हेरेपछि मन परेको र फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

फिल्मले कुशल प्रशासक बन्ने प्रेरणा दिन्छ : रेणु दाहाल , मेयर फिल्म राम्रो बनेको छ । मैले यसको अघिल्लो सिरिज पनि हेरेकी थिए । मलाइ यो निकै मन पर्यो किनकी यसमा मनोरंजनसँगै संदेश पनि छ । हामी राजनीतिज्ञ जनताको सेवाको लागि छौ , तर हाम्रो आडमा फाइदा लिने धेरै छन् त्यसकारण सतर्क हुनुपर्छ । हामीले जनताको चाहना अनुसार नै काम गर्नु पर्छ भन्ने आभाष गराउछ , फिल्मले । फिल्ममा देशको राजनीति र शासन व्यवस्थाको बारेमा यथार्थ चित्रण गरिएको छ , त्यसैले राजनीतिज्ञले फिल्म हेर्दा राम्रो हुन्छ ।

समाजको चित्रलाइ चित्रण गरिएको छ : देवी ज्ञवाली , प्रत्यासी समाजको यथार्थ चित्रणलाई यसमा कुशल कलाकारिताका साथ् प्रस्तुत गरिएको छ । फिल्म हेर्दा मनोरंजन त पाउछौ नै आफ्नो दायित्व पनि बोध हुन्छ । ज्ञान अवावले हुने लडाई र परिवर्तनको निमित हुने एक ढिक्का नै फिल्मको संदेश हो । यसले परिवर्तनको ब्याख्या गरेको छ । फिल्मले मनोरंजन र संदेश सबै फिल्मले दिन्छ ।

कमेन्ट गर्नुहोस्